पाेखरा: कामदारलाई यौन क्रियाकलापमा लगाएको आरोपमा राेशन खाजाघरको साहुनी पक्राउ

छोरी फरार

पाेखरा | साउन १९, २०८०

पाेखरा: कामदारलाई यौन क्रियाकलापमा लगाएको आरोपमा राेशन खाजाघरको साहुनी पक्राउ

पोखरा:  वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले यौन शोषणको आरोपमा ३७ वर्षीया एक महिलालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित रोशन खाजा घरकी सञ्चालिका पार्वती काराखेती रहेकी छिन् भने उनको छोरी फरार छिन् । 

 

उनलाई बैदाम प्रहरीको टोलीले हिजो (बिहीबार) पक्राउ गरेको हो ।

 

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा शुक्रबारनै दिउँसो १ बजे उक्त खाजाघरबाट पोखरा ८ का जनप्रतिनिधि, शुभ अवसर ग्राम नामक संस्थाको सहकार्यमा एक १८ वर्षीया युवतीसहित नाबालिगलाई उद्धार गरिएको थियो । 

 

त्यसपछि अनुसन्धानको क्रममा ति खाजाघर सञ्चालिका पार्वती र उनकी छोरीले नाबालिग र युवतीहरुलाई कामदारको रुपमा राखी जबरजस्ती (इच्छाविपरीत) यौन व्यवसायमा संलग्न गराई यौन शोषण गरेको खुलेपछि सञ्चालिकालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

 

‘नाबालिगलाई काममा राखेर यौन व्यवासयमा लगाउने सूचना आएपछि फलो गरेका थियौ, एउटा नानीलाई उद्धार गरेपछि खाजाघर चलाउने सञ्चालिकालाई नियन्त्रणमा लिएका छौ, ति प्रहरी अधिकृतले भने ।

 

बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्